अरुण तेस्रोको सुरक्षा सशस्त्र प्रहरीले गर्ने



संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विस्फोटको घटना बढेपछि सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी खटिएको गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव महतले जानकारी दिए।

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालु गाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको अरुण गुल्मले जनाएको छ । सशस्त्रले अरुण तेस्रोको सुरक्षामा आवश्यकताअनुसार थप गर्दै जाने बताएको छ ।

यसअघि नेपाल प्रहरीका ३५ जनाले सुरक्षा दिइरहेको थियो । भारतीय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ सशस्त्र प्रहरी माग गरेको थियो । विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा अज्ञात समूहले पटक–पटक बम विस्फोट गराएका थिए । केही समयअघि अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसरकुकर बम विस्फोट गराउँदा बुमरमा क्षति पुगेको थियो ।

अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियट्स र विद्युत् गृहस्थल दिदिङमा पट्टेल इन्जिनीयरिङ कम्पनीले कामको जिम्मा लिएका छन् । अरुण तेस्रो जलविद्युत् परियोजना लामो समयदेखि निर्माण हुने भनिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । २०४२ सालदेखि निर्माणको चर्चा चलेको भए पनि राजनीतिक विवाद र खिचातानीका कारण स्थगित हुँदै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७४ साल वैशाख २८ गते काठमाडौँको होटल द्वारिकाबाट ‘स्विच’ थिचेर संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ ।

आयोजनाले २६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब रु एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्नेछ ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी