सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको महानिरीक्षक ज्ञवालीको भनाई



काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताका साथ परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रमुखलाई निर्देशन दिए । आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत कानूनी कारवाही अगाडि बढाउनुपर्ने बताउँदै सबै प्रदेशका प्रहरी प्रमुखले आआफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ लाग्नुपर्नेमा जोड दिए ।
प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै उनले हिंसाजन्य क्रियाकलापमा प्रहरीको सङ्लग्नता क्षम्य नहुने भन्दै उनले राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन

सहिद परिवार, घाइते तथा अंगभंग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन

काठमाडौं । सरकारले शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, अपांग भएकाहरुको परिचयपत्रको व्यवस्था

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को कायम बेरुजुमध्ये समग्रमा

निर्वाचनको तयारी र सुरक्षा चुनौति व्यवस्थापन गर्न आइजिपीको निर्देशन

काठमाडौं । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १०