यति होल्डिङ्सबारे श्वेतपत्र जारी होस्ः सांसद पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डेले यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा पाण्डेले दैनिकजसो समाचार बनेको यस विषयकाबारेमा यथार्य जानकारी गराउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘दैनिक जसो समाचार बनिरहेको यति होल्डिङ्सको बारेमा श्वेतपत्र जारी गरी वास्तविकता केहो भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछु ।’

त्यसैगरी उनले वाइडबडी, तारागाउँ, आयल निगम जग्गा अनियमिततालगायतका प्रकरणलाई प्राथमिकताका साथ अनुसन्धान गरेर यथासक्य तथ्य बाहिर ल्याउन पनि उनले माग गरेकी छन् ।

पाण्डेले ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चार जगतलाई धन्यवाद दिँदै यस प्रकरणमा निर्दोष कोही पर्न नहुने र दोषी उम्कन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख