नवलपरासीको बुलिङ्गटारमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते



नवलपरासी । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका– ३ छरछरेमा मंगलबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनामा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर सुस्लिंग , यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार १५ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ११ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उद्धार गरी उपचारका लागि कावासोती र चितवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई