विमानस्थलको आगलागीबारे छानबिन गर्न समिति गठन



काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।

पर्यटन मन्त्रालय (सचिवस्तर) को मंगलबारको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम छन् ।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । “उक्त आगलागी सम्बन्धमा सम्भाव्य कारण पत्ता लगाइ भविष्यमा विमानस्थलको सञ्चालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनानुपर्ने हो सोको सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोर्याउन नदिन घटनाको सत्यतथ्य बुझी सात दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने समतिलाई जिम्मेवारी दिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्र (प्रस्थान कक्ष) सञ्चालित कफी सपमा गएराति ८ः१५ बजे आगलागी भएको थियो । आगलागीका कारण अन्तरराष्ट्रिय उडान÷अवतरण सेवा अवरुद्ध भई यात्रु वर्गमा पर्न गएको असुविधाका लागि मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

विमानस्थलस्थित उद्धार तथा अग्नि निवारण सेवाका वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विमानस्थलका कर्मचारीको सहयोगमा आगाली नियन्त्रणमा ल्याई एक घण्टा १० मिनेट अवरुद्ध भएको उडान सेवा बेलुकी ९ः२५ बजेबाट सञ्चालन भएको थियो । आवश्यक परे अन्य विज्ञको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर