नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त



काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । नियुक्तिसँगै उनी नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बनेका छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रुपमा रहेका ज्ञवाली प्रदेश नं १ का प्रहरी प्रमुख थिए । उनको कार्यकाल मात्र पाँच महिनाको हुनेछ ।

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास लिने भएकाले सरकारले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत आजै अनिवार्य अवकाश लिन लागेकाले सरकारले उनलाई डिआइजीबाट सोझै प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए ।

खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाइ हुँदैछ । बुधबार नवनियुक्त आइजी ज्ञवालीलाई स्वागत गर्ने कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नभएको खण्डमा डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले उहाँलाई नियुक्त गरेको हो ।

यसपटक भने आज रातिदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि आजै अनिवार्य अवकाश हुँदैछ । उहाँहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित आज २२ को अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति छन् ।

नवनियुक्त ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनीहरूको सेवा अवधि आगामी असारसम्मको छ । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो । त्यसकारण उनी पाँच महिना ढिला गरी नियुक्ति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र