चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की विजयी



काठमाडौं । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( ०७६/७९ कार्यकाल) का लागि भएको निर्वाचनमा डा. लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूहले ६ पदाधिकारी र ५ सदस्यसहित १२ वटा पद जितेको छ।

कुल १३ सदस्यीय कार्यसमितिको एक पद (सदस्य) मा भने पेशागत समावेशी समूहले बाजी मारेको छ। यसपटक निर्वाचनमा ६ हजार १५७ भोट खसेकोमा सबैभन्दा बढी भोट अध्यक्षका विजयी उम्मेदवार डा लोचन कार्कीले हासिल गरेका छन्।

उनले कुल ४१११ (६७.७६) प्रतिशत मतका साथ विजयी हासिल गरेका हुन्। त्यसपछि सबैभन्दा बढी मत ल्याउने उपाध्यक्षका विजयी उम्मेदवार डा अनिलबिक्रम कार्की बनेका छन्। उनले कुल ३९४५ (६४.०७) प्रतिशत भोट प्राप्त गरेका छन्। पेशागत समूहबाट अध्यक्ष उठेका डा पुष्पमणि खरालले भने १९७९ मत ल्याएका छन्।

मंगलबार बिहान  सम्पन्न मतगणनाअनुसार अध्यक्षमा डा लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ र उपाध्यक्षमा डा अनिलबिक्रम कार्की विजयी भएका छन्। पेशागत सूहबाट डा रक्षा श्रेष्ठले २२६२९ मत ल्याएकी छन्।

यस्तै, महासचिव डा बद्री रिजाल, कोषाध्यक्षमा डा‍. प्रकाश बुढाथोकी, सहसचिवमा डा निजरकुमार सिंह र सहकोषाध्यक्षमा विश्वराज दवाडी विजयी भएका हुन्। यी सबै लोकतान्त्रिक समूहबाट उम्मेदवार थिए।

यस्तै, सदस्यहरूमा लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा विपेश आचार्य, डा नन्दाकुमारी गुरुङ, डा प्रमोद जोशी, डा रितेश थापा र डा सञ्जीव तिवारी विजयी भएका छन्।  यता, पेशागत समावेशी समूहबाट सदस्यमा उम्मेदवार बनेका डा लिजन महर्जनले पनि जित हासिल गरेका छन्।

तेस्रो बढी भोट हासिल गर्नेमा सह कोषाध्यक्षका विजयी उम्मेदवार डा विश्वराज दवाडी रहेका छन्। उनले कुल ३९३५ (६३.९१) प्रतिशत भोट आफ्नो पक्षमा पार्न सफल भए। सदस्यहरूमा सबैभन्दा बढी मत डा रितेश थापाले ल्याए। उनले कुल ३७१७ मत प्राप्त गरी विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

-वासुदेव पौडेल, गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा,

काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

कस्ता हुन्छन् ‘डेङ्गु वार्निङ’ का सङ्केत ?

डा. शेरबहादुर पुन गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि