एमसिसी परियोजना अघि बढाउन सरकारले निकाल्यो जग्गा अधिग्रहणको सूचना
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी परियोजना) मार्फत सञ्चालन हुने आयोजनाको लागि जग्गा अधिग्रहणको सार्वजनिक सूचना निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार गोरखापत्रमा बेलकोटगढी नगरपालिका-७ मा ४०० केभी विद्युत प्रशारण लाइनको सबस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना निकालेको हो।
अर्थमन्त्रालय अन्तरगत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए -नेपाल) को निर्माणाधीन ४०० केभी विद्युत प्रसारण आयोजना अन्तरगत नुवाकोटस्थित साविकको रातमाटे गाविस-६ र ९ हाल बेलकोटगढी नगरपालिका-७ मा ४०० केभीको सब-स्टेशन निर्माणका लागि २०७६ असोज १५ गते जग्गा प्राप्तिको सूचना जारी गरिएको थियो।