वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको परिवारले जनाएको छ ।
उहाँलाई केही समयदेखि मुटुमा समस्या थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो। नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गर्नुभएको थियो ।