छोरी शिक्षा बिमाको रकम ३ लाख पुर्याउने प्रदेश दुई सरकारको निर्णय



जनकपुरधाम । प्रदेश दुईको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पुर्याएको छ ।
२०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पुर्याएको छ ।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने , प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन् ।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भने, हामी अहिलेलाई तीनलाख पुर्याएका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पुर्याउने लक्ष्य लिएका छौ ।’ छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने छन् ।

यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराए ।

मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही

जेठ १५ पछि प्रधानमन्त्री हेलिकप्टरमा भाग्नुपर्ने अवस्था आउँछः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरु हुने

नेपालको आन्तरिक तथा विदेश नीतिका विषयमा छलफल गर्न युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौँ । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका