यसरी मनाईयो काठमाडौंमा वसन्त पञ्चमी,फोटोमा हेर्नुस्



काठमाडौं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी बिहीबार देशभर मनाइँरहदा ललितपुरका विभिन्न विद्यालयमा शिक्षक र विद्यार्थीले सरस्वतीको पूजाराधना गरी मनाएका छन् ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास  छ ।

सरस्वतीको मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको देखिएको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन हुँदा ललितपुरस्थित बालकुमारीको सरस्वती मन्दिरको भितामा चकले आफ्नो नाम लेख्नाले राम्रो विद्या पाउने जनविश्वास रहिआएको छ । साना बालबालिका मन्दिर आगाडी लाइनमा बसेर पूजा तथा लेखिरहेको देखिन्थ्यो ।  त्यसैगरी पुल्चौक इन्जिनियर क्याम्पसमा विभिन्न कार्यक्रम गरि सरस्वती पूजा गरिएको छ । ठूलो संख्यामा विद्यार्थीहरु जम्मा भई सरस्वतीे पूजा गरिएको थियो । नेपाल तराई जागरण संघद्वार संचालित सरस्वती पूजा २०४७ सालदेखि गर्दै आएका छन् ।

राजधानीमा २०७६ सालको सरस्वती पूजा  २७ औ पूजा भएको कार्यक्रमका संघका अध्यक्ष सुरेन्द्र कुमार चौधरीले  जानकारी दिएका छन् । उनले भने “आजका दिन सांस्कृतिक कार्यक्रम झिझिया ,नेवारी, थारु र सबै प्रकारका नेपाली नाच देखाउनेछौं। पहिला पहिला राजधानीमा सरस्वती पूजा गर्नलाई असाध्यै कर लाग्थ्यो तर अहिले आफ्नो संस्कृति खुलेर देखाउन पाउँदा खुशी लागेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ