राष्ट्रपति भण्डारीद्वारा हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गरेकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे । परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई