के आदर, के माया, के अनुशासन, के मतलव ?
बलराम प्यासी ।
स्काउटले ‘आफूभन्दा ठुलाको आदर र सानालाई माया गर्नु’ भनेर सिकाउँछ | तर नेपाल स्काउटको सम्रक्षक रहेका प्रधानमन्त्री केपी ओली (६७) ले आफुभन्दा ४ वर्ष जेठा (७१ वर्षे ) र ३९ वर्षदेखि ललितपुरमा स्काउट मास्टरी गर्दै आउनुभएका गुरु रत्नलाल महर्जनलाई ‘तिमी’ भनेर सम्वोधन गर्दै केटाकेटीलाई लेख्ने जसरी लेखेर प्रभात स्कुलमा पठाएछन् |
कुन चाँहि ‘ हनुमान’ ले यो शुभकामना पत्रको डिजाइन गरेको हो सरस्वती पुजाको दिन सरस्वती माताले नै पत्ता लगाई त्यसलाई सद्वुद्धि दिनुपर्यो | ताकी यहि शुभकामना पत्रको आधारमा भोलिदेखि कुनैपनि स्काउटले आफ्ना गुरु र अग्रजलाई ‘तिमी’ भनेर सम्वोधन नगरुन् ।