राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिलाई नयाँवर्षको शुभकामना सन्देश


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सि जिनपिङ मार्फत चिनियाँ जनतालाई भिडियो सन्देशसहितको शुभकामना पठाएकी छन् ।

संभवतः नेपाली राष्ट्र प्रमुखले विदेशी समकक्षीलाई भिडियो सहित शुभकामना पठाएको यो पहिलो प्रयोग हो । नेपालको शुभकामना सन्देश प्राथमिकता सहित चीनको सरकारी टेलिभिजन सिसिटिभीले समाचारमा प्रशारण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङक्विले सिसिटिभीले प्रशारण गरेको न्युज क्लिप ट्विीटरमा विशेष आभारका शब्द सहित शेयर गरेकी छन् । हेर्नुस् भिडियो

https://twitter.com/PRCAmbNepal/status/