नेपाली चिकित्सक भन्छन् -‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक छैन



काठमाडौं । चिकित्सकहरुले नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए ।

अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए । चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको र मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दिर्घरोगी रहेकाले बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण नदेखिएको बताए ।

अस्पतालका अर्का चिकित्सक डा. बासुदेव पाण्डेले सुरुमा स्वाईनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए । नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए ।

चीनसँग जोडिएका नाका र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको र कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

निरन्तरको पहिरोले कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै