नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि



काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।”

बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने