सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका छन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्न माग गरिएको छ । फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्न आदेश माग गरिएको छ ।
काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सापकोटा सभामुखका एक्ला उमेदवार हुन् । सापकोटालाई सभामुखको उम्मेदवार बनाएको भन्दै अधिकारबादीहरुले विरोध गर्दै आएका छन् ।