संगठनभित्र नीतिगत र आर्थिक अनियमितता गर्ने छुट कसैलाई छैनः आइजीपी खनाल
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले संगठनभित्र नीतिगत र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।
सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका हुन् ।
उनले संगठनको मूल्यमान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको जानकारी दिए ।
खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफू सधंै तयार रहेको बताए ।