अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय



काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठकले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान करिब दुई घण्टा छलफल भएको थियो। उक्त अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो। बैठकमा अध्यक्ष दाहालले सभामुखको उमेद्वारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए। त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए। दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन रह्यो । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ। सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध पनि खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र