सभामुख चयन प्रकृया चाँडो टुंग्याउन नेकपालाई कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो टुंग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो ।

कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ । राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताए ।

उनका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफल पछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार