आज देशैभर वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात



काठमाडौं । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण आज देशैभरी बदली र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालको पश्चिमी, मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ । भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ