नेपाल र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानुनी सहायता सम्बन्धी सन्धि स्वीकृत



काठमाडौं । सरकारले चीनसँग फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि स्वीकृत गरेर जानकारीको निम्ति संघीय संसदमा पठाउने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सन्धिलाई पछिल्लो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिएका हुन् ।

नेपालले यस्तो सन्धि गरेको चीन पहिलो देश हो । गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका बेला उक्त सन्धिमा प्रारम्भिक हस्ताक्षर भएको थियो । उक्त सन्धिमा निहित पारस्परिक सहयोगको विषय राजनीतिक वा सैन्य कसुर गरेका कसुरदारको हकमा लागु नहुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय प्रहरीको सहयोगमा उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक