सरकारका प्रवक्ताको प्रश्नः प्रधानमन्त्री आफ्नै कार्यकर्तामाथि प्रहार गर्न तरबार र गोलीको माला भिरेर हिँड्नुहुन्छ ?



काठमाडौं । सरकारले सत्तारुढ नेकपाका नेता भीम रावललाई ज्यान मार्ने धम्की विषय पत्यारलाग्दो नभएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सूचना तथा संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले धम्की दिएको भन्ने कुरा अपत्यारिलो भएको बताएका हुन् ।

बास्कोटाले प्रश्न गरे, ‘ के प्रधानमन्त्री तरवार लिएर बस्नु भएको छ आफ्नै पार्टीका नेतालाई धम्क्याउन ? यो चाहिँ तपाईंलाई पत्यार लाग्छ ? ज्यान मार्ने धम्कीको सत्यता छँदा पनि छैन ।’ उनले कसले धम्की दिएको नाम सार्वजनिक गर्न नेता रावलाई आग्रह गरेका छन् । उनले विचारकै कारण ज्यानको धम्की दिन नमिल्ने बताए ।
बास्कोटाले नेता रावलको सुरक्षा व्यवस्था सरकारले गराइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार