दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।

प्रसाईंले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए ।

प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए । गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा