प्रदेश दुईमा छोरी शिक्षा बीमा सप्ताह सुरु
जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गतको छोरी बीमा सप्ताह बिहीबारदेखि प्रदेश दुईका आठ वटै जिल्लामा एकसात शुरु भएको छ । अभियानको मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको त्रियुद्ध माविबाट सुरु गरेका छन् ।
त्यसैगरि अभियानको बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको ईश्वरपुर नपाको कार्यालय , महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मीनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवन र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एक साथ शुरु भएको छ ।
यो अभियान एक महिनासम्म गाँउपालिकामा एक दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा तीन दिन र महानगरमा ४ दिन शिविर संचालन हुने जनाइएको छ ।