विप्लव समूहले लियो ढकालको घरमा गराएको बम विष्फोटको जिम्मा



काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । सानो भर्याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।

काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडीमा क्षति पुगेको जानकारी दिए ।

यसैबीच, बिस्फोट आसपासका क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ । उक्त पर्चामा बालुवाटारको जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।

‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू–माफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको छ । बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन् । विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन