भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने
काठमाडौँ । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो ।
विनयमोहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन् । उनी भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत छन् । काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।