वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताए ।

उनले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताए । अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ति शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गरे ।

सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डीङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझैपनि व्यवसायीक वातावरण विग्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले