दिलिप महतोको परिवारलाई पाँच लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय



जनकपुरधाम । प्रदेश दुई सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख दिने निर्णय गरेको जानकारी दिए । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

विदुर । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा

चितवनमा हावाहुरीले तीन जनाको मृत्यु

चितवन । चितवन जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु

आठ वर्ष अघिको बलात्कार घटनाको अनुसन्धान गर्न समिति गठन

काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे