महराको मुद्दामा बकपत्रका लागि विज्ञलाई झिकाउने आदेश



काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज महराको अन्तिम सुनुवाइ शुरु गरी बकपत्रका लागि सो व्यक्ति र विज्ञलाई बोलाउने आदेश भएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइ आजदेखि शुरु भएको हो ।

बकपत्र गरेर अधिवक्ता र सरकारी वकिलले आआफ्नो बहस गरेपछि अदालतले फैसला सुनाउने छ । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच दिने नेपाल भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष द्विवेदी स्वदेश फिर्ता

    काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता

उपनिर्वाचनमा सेना परिचालन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका

चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको सुविधासम्बन्धी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी)