उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय



काठामाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको सचिवालय बैठकले राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको उनले बताए । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन् ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन् ।

नेकपाले सभामुख उम्मेदवार चयन भने गर्न सकेको छैन ।निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा