गिरीमाथि कारबाही गर्न सरकारलाई थापाको २१ दिने अल्टिमेटम



काठमाडौं । स्वास्थ्य शिक्षा अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको भन्दै गिरीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

आगामी माघ १६ गतेसम्म गिरीमाथि छानबिन गरी कडा कारबाही नगरिए माघ २२ गतेबाट आयोग मुख्यालयको गेटमै आमरण अनशन बस्ने पनि थापाले चेतावनी दिएका छन् । आफूहरुले अघि सारेका विगतका मागहरुपनि यथावत रहेको थापाले विज्ञप्तीमा जनाएका छन् । थापाले गिरीमाथि कारबाही गर्नको लागि सरकारलाई २१ दिने अल्टिमेटम दिएका हुन् ।

शुक्रबार एक विज्ञप्ती निकाल्दै थापाले गिरीलाई तत्काल आयोगको उपाध्यक्षबाट बर्खास्ती गरी उक्त प्रकरणमा सत्य, तथ्य छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । थापाले गिरीमाथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालको शिक्षाध्यक्ष रहँदा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले वार्षिक रुपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाई ९जुनियर डक्टर ट्रेनिङ० शीर्षकमा दिँदै आएको ६० हजार अमेरिकी डलर र हेल्थ स्टाटेस्टिक्स ट्रेनिङ शीर्षकमा १९ हजार युरोको अनियमितता तथा भ्रष्टाचार गरेको पनि आरोप लगाएका छन् ।

त्यतिमात्रै नभएर थापाले गिरीमाथि २०६९ सालमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले चलाएको मुद्दाको फाईल कहाँ पुग्यो भनेर पनि चासो देखाएका छन् । उनले विज्ञप्तीमार्फत अघि सारेका मागको ३ नम्बर बुँदामा भनेका छन्,‘अख्तियारको मुद्दा खेपिरहेका श्रीकृष्ण गिरी के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए ? यसको सत्य, तथ्य जस्ताको त्यस्तै सार्वजनिक गरियोस् ।’

                                                                         प्रेस बिज्ञप्ती

शिक्षा,स्वास्थ,रोजगार=हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्वबिदितै छ। स्वास्थ,शिक्षा रोजगारलाई जबसम्म मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले दिलाउदैन तबसम्म हाम्रा दबाबमुलक,शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जे जसरी जारी राखेका छौँ यो निरन्तर अगाडि बढी रहनेछ भन्ने प्रण दोहोर्याउन चाहान्छौ।संघर्ष कै क्रममा म बिजय थापा दुई पटक आफ्नो ज्यानको बाजी राखेर (सत्याग्रह)आमरण अनशनमा बसेको सर्बबिदितै छ।नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्रको हविगत,भयावह अवस्था के कति डरलाग्दो छ भन्ने कुरा हामी सबैका सामु जगजाहेर नै छ।

बिगत लामो समय देखि केहि थान झुन्ड आमरण अनशनको आवरणमा अभियन्ता नामको बुख्याचा खडा गरि नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्रमा एउटा अघोषित सिन्डिकेट कायम गर्न प्रयासरत छ।हाम्रा दाजुभाइ-दिदिबहिनीले नेपाल मै चिकित्सा चिकित्सा शिक्षा अध्यन गर्ने अवसर बाट बन्चित गर्दै चिकित्सा शिक्षा अध्यनकै लागी बिदेशीनुपर्ने,बेचिनुपर्ने बाध्यात्मक अवस्था बनाएर केहि थान झुन्ड जे जसरी अभियन्ता,ठुटे नेता बनेर रमाउदैछन,रातारात कमाउदैछन यो नेपाल र नेपालीका लागी दुर्भाग्यपूर्ण छ।यस्ता प्रवृत्ति बिरुद्ध हामी बिगत देखी नै निरन्तर संघर्षरत रहेको सर्बबिदितै छ।

नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्रमा कायम रहेको यो भयावह डरलाग्दो अवस्थाको अन्त्य केवल शक्तिशाली चिकित्सा शिक्षा आयोग बाट मात्रै सम्भव छ भनेर नै हामीले चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया सगै आयोगको उपाध्यक्ष जस्तो सम्मानित पदमा प्रा.डा.श्रीकृष्ण गिरिको नियुक्ति लाई खुल्ला हृदय बाट स्वागत गरेका थियौं।सिङ्गो देशले स्वागत गरेको थियोे।

आज दुखका साथ भन्नै पर्छ सम्पूर्ण नेपालीहरुको आशा,अपेक्षा,भरोसा,बिश्वास माथी बलात्कार भएको छ। सम्पुर्ण भौतिक पुर्वाधार निर्माण सम्पन्न मेडिकल कलेज लाई सम्बोधन दिने प्रक्रियामा श्रीकृष्ण गिरिले बीस करोड घुस मागेको समाचार प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।हामी सरकार समक्ष यसै प्रेस भिज्ञयप्ति मार्फत आरोपित भ्रष्ट प्रा.डा.श्रीकृष्ण गिरि उपर तत्काल छानबिन गरि कडा भन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछौं।आज हामीले खोज्दै जादा प्रा.डा श्रीकृष्ण गिरिका २०(करोड)को कान्ड मात्रै हैन उस्का बिगतका धेरै काला कर्तुतहरु को फेहरिस्त फेला पारेका छौँ।

बिश्वास नै लाग्दैन सरकारले चिकित्सा शिक्षा आयोग जस्तो संबेदनसिल निकायको उपाध्यक्ष जस्तो सम्मानित पदमा के कसरी ?किन केहि नबुझी नियुक्त गर्‍यो?आज प्रश्नै प्रश्न खडा भएको छ।भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरिले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतीष्ठान(न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाइ(junior doctor training) शिर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र (health statistics traning) शिर्षकमा प्रदान गर्ने १९ हजार युरो को अनियमितता,भ्रस्टाचार गरेको घटनाको सत्यतथ्य छानबिन गरि उक्त घटनामा किन कारबाही गर्न सकेन?२०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरि माथी चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ?अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरि के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य सार्बजनिक गर्न सरकार तयार हुने नहुने?चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा उम्मेदवारी दर्खास्त दिदा नियुक्त हुन अनिवार्य md गरेको २० बर्ष हुनुपर्ने र सम्बन्धित फ्याकल्टिमा १० सेवा गरेको हुनुपर्ने प्राबधान बनाइएको छ तर उक्त प्राबधान समेत लत्याएर जे जसरी भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरि उपाध्यक्ष नियुक्त भए याहा गम्भीर त्रुटि भएको छ।यसको छानबिन हुनुपर्छ।

मिति २०७६-१०-१६ गते अर्थात आउदो (माघ १६गते ) (२१ एक्काइस)दिन भित्रमा भ्रष्ट प्रा.डा.श्रीकृष्ण गिरि उपर छानबिन गरि कडा भन्दा कडा कारबाही नगरिए माघ २२(बाईस) गते बाट चिकित्सा शिक्षा आयोगको गेटमै आमरण अनशन बस्न बाध्य हुने जानकारी गराउदछौ।साथै विभिन्न चरणको संघर्ष,आमरण अनशन लगाएतका कार्यक्रम मार्फत हामीले बिगत देखी नै बारम्बार उठाउदै आइरहेको हाम्रा मागहरू आज पनि यथावत रहेका छ्न।हाम्रा निम्न लिखित मागहरूलाई पुरा गर्न संबंधित सरोकारवाला निकाय,सस्था,सरकारले गम्भीरतापूर्वक नलिए त्यस बाट भोलि उत्पन्न हुन सक्ने समस्या,दुर्घटनाको जिम्मेवारी स्वम सरकारले लिनुपर्नेछ l

हाम्रा मागहरू

१: मेडिकल कलेज लाई सम्बोधन दिन २०(बीस करोड)घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्री कृष्ण गिरिलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरियोस्।

२: भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरिले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतीष्ठान(न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाइ(junior doctor training) शिर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र(health statistics traning)शिर्षकमा प्रदान गर्ने १९ हजार युरो को अनियमितता,भ्रस्टाचार गरेको घटनाको तत्काल छानबिन गरि कारबाही गरियोस्।

३:२०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरि माथी चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ?अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरि के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य जस्ताको त्यस्तै सार्बजनिक गरियोस् ।

४: शिक्षा,स्वास्थ्य,रोजगार लाई मौलिक अधिकार का रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकार को उपयोग गर्न सक्ने ग्यारेन्टी को प्रत्याभूति दिलाइयोस।

५: काठमाडौं उपत्यका बाहिर तत्काल मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु ले नेपाल मै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना