प्रधानसेनापति थापाले भने -नेपाल एकीकरण अभियानसँग सम्बन्धित धरोहर संरक्षणमा लागिपरेका छौं



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको योगदानलाई जीवित राख्दै सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्न नेपाली सेनाले प्रयास गरिरहेको बताएका छन् ।

अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक ग्रन्थ लोकार्पण कार्यक्रममा प्रधानसेनापति थापाले राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायले एकीकरण मार्ग निर्माण गरिरहेको समेत बताए ।

नेपाल एकीकरण गर्दा प्रयोग भएका पदमार्ग, एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटनलाई सहयोग गर्ने लक्ष्यका साथ सेना अगाडी बढेको उनले बताए ।
‘अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ हरि प्रसाद स्वडारीले लेखेका हुन् । लेखक स्वडारीले पृथ्वी नारायण शाहसँग सम्बन्धि प्रकाशित पुस्तकहरुमध्ये यो पुस्तक वृहत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी