गगन थापाको प्रश्नः मन्त्रीजी सूचना प्रविधि विधेयककोबारेमा बहस माइतीघर मण्डलामा गर्ने हो कि तपाईंको पार्टी कार्यालय धुम्बाराहीमा ?



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरुविरुद्ध बिहीबार काठमाडौंको माइतीघर मण्डलमा गरेको सभालाई सम्बोधन गर्दै थापाले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको आरोप लगाए । उनले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागीय मन्त्रीको भनाईप्रति आपत्ति जनाए ।

विधेयकका सबै दफा दफामा आफू छलफल गर्न तयार रहेको भन्दै उनले छलफल कहाँ गर्ने भनी प्रश्न गरे । उनले सूचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्यूवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने बताए ।

उनले भने, “यो विधेयकको धारा धारामा दफा, दफामा छलफल गर्न तयार छौ । माननीय मन्त्री ज्यूले भन्नुभएछ, विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्री जी ? सिंहदरबार गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो ? कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ? प्रत्येक दफा दफामा , शब्द शब्दमा छलफल गर्न तयार छु । नपढीकन आएको होइन । पढेर, बुझेर आएको । हेप्ने हाम्लाई नपढीकन आयो भन्ने ?”

विधेयकमा आवश्यक परिमार्जन गरेको बहानामा मस्यौदामा ‘निरन्तर’ भन्ने शब्द मात्रै थप्ने काम भएको तर्क उनले गरे । विरोधसभा अघि विद्यार्थीले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरि विधेयक ल्याईएको भन्दै सूचना प्रविधि विधेयक खारेजीको माग गर्दे नाराबाजी सहित र्याली गरेका थिए । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक लगायत विवादास्पद विधेयकहरु फिर्ता गर्न माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनुवाइ समितिले सर्वोच्चका लागि सिफारिस न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग मङ्सिर २७ गते छलफल गर्ने

  काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा

सरकारप्रति ओलीको आक्रोशः राजीनामा गरेर घर जानुपर्ने हो, तर लाज नमानेर बसिराखेका छन्

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको बताएका

साहसिक पर्यटन ‘ट्रेकिङ’मा बढ्दो आकर्षण

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर बिहीबार एक महिलाको मृत्यु