भैरहवाको विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि तयार छुः उद्योगमन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफू तयार रहेको बताएका छन् ।

‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहीबार काठमाडौंमा आयोजित नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफूसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने बताएका हुन् ।

मन्त्री भट्टले आफूसहितको टिमले अनुगमन गरी उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताए ।

कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले भैरहवा सेजमा विद्युत आपूर्ति लगायत विभिन्न पूर्वाधारको समस्या रहेकाले उद्योगीहरु आकर्षित हुन नसकेको बताए । उहाँले विद्युत प्राधिकरणले ५ मेगावाट विद्युत तत्काल उपलब्ध गराउने भएपनि सेज भित्रकै व्यवस्थापनका कारण विद्युतको समस्या देखिएको बताए ।

नेपाल विद्युत प्राधिकरणका उपमहानिर्देशक हरराज न्यौपानेले भैरहवा सेजको विद्युत आपूर्तिमा ५ मेगावाटसम्म अहिलेकै सिस्टमबाट विद्युत आपूर्ति गर्न सक्ने भएकाले विद्युतको समस्या आफूले बुझ्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

पाटन (ललितपुर)। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’