बलिदानी दिवसको विशेष समारोह यसवर्ष बीरगंजमा हुने



जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ । कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो । गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार