एमसिसी इन्डो-प्यासिफिककै अंग भएकाले यसलाई नेपालले स्वीकार्नु हुँदैनः मोहनविक्रम सिंह



काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) इन्डो प्यासिफिक रणनीतिकै अंग रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै महामन्त्री सिंहले एमसिसी इन्डो प्यासिफिककै अंग भएको बताएका हुन् । उनले अमेरिकी साम्राज्यवादी स्वरुपको इन्डो प्यासिफिककै अंग भएकाले यसलाई नेपालले स्वीकार्नु नहुने बताए ।

उनले भने,‘एमसिसी इन्डो प्यासिफिकको अंग रहेको कुरा स्वयम् अमेरिकाले पनि स्वीकारिसकेको छ त्यसैले एमसिसी स्वीकार्दा नेपालको परराष्ट्र नीतिको उल्लंघन हुन्छ ।’ एमसिसी अमेरिकी साम्राज्यवादको एउटा स्वरुप भएको कुरामा कुनै शंका नरहेको भन्दै उनले यो आउँदा नेपालको असंलग्न नीतिविपरीत हुने जिकिर गरे ।

महामन्त्री सिंहले कालापानी, लिम्पियाधुरासहितको भूभाग हडपेर भारतले नेपाललाई सिक्किमको बाटोमा लैजान खोजेको आरोप लगाए ।

’कालापानी लिम्पियाधुरा मात्रै होइन, भारतले नेपाललाई सिक्किम बनाउन चाहेको छ’, उनले भने, ’भारतको यही विस्तारवादी नीतिको हामीले विरोध गरेका हौँ। भारतले यसलाई नसच्याएसम्म हामी विरोध गरिरहन्छौँ। भारतको विरोध सत्तामा जानैका लागि भएको होइन। नेपाल विरोधी गतिविधि भइरहेसम्म विरोध जारी रहन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र