सुनसरीको दुहबीस्थित चौधरी समूहको बिस्कुट उद्योगमा भीषण आगलागी
सुनसरी । सुनसरीको दुहबीस्थित चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको छ । मंगलबार राति ८ बजेदेखि विस्कुट उद्योगमा आगलागी भएको हो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको छ ।