भारतीय सहयोगबाट हुने पुनर्निर्माणमा ढिलाई किन ?



काठमाडौं । सांसदहरुले भारतीय सहयोगबाट हुने पुनर्निर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले अन्य देशबाट आउने सहयोगबाट हुने पुनर्निर्माणको काम सम्पन्न हुन लागिसेको तर भारतको सहयोगमा निर्माण हुने अधिकांस पुनर्निर्माणको काम सुरु हुन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

सांसदहरुले समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भारतीय सहयोग ढिलो आउनुको कारणको जवाफ मागेका हुन् । सांसद खिमलाल भट्टराईले भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ सर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह गरे ।

त्यस्तै सांसद सुरेन्द्रराज पाण्डेले अन्य मुलुकबाट आउने सहयोगबाट हुने पुनर्निर्माण सकिन लाग्दा पनि भारतीय सहयोग हुने पुननिर्माण सुरु हुन नसकेको भन्दै प्राधिकरणसँग जवाफ माग गरे ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भारतीय सहयोगमा केही नयाँ सर्तहरु पुरागर्नुपर्ने भएकाले सहयोग रकम आउन ढिलाई भएको स्वीकार गरे । भारतले आफ्नै निर्माण कम्पनी र आफ्नै निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने सर्त राख्दा सहयोग घट्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पर्कमा नरहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

सञ्चिता घिमिरे, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको

पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण

सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण

जहाज खरिद अन्तिम चरणमाः पर्यटनमन्त्री किराती

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल