जनही १ हजार तिरेर छुटेका १२२ चिनियाँलाई अध्यागमनमा बुझाइने
काठमाडौँ । पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर रिहा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता जीवन आचार्यका अनुसार जनही १ हजार रुपैयाँ असुलेर उनीहरुलाई छाड्न निर्देशन दिइएको हो ।
तर चिनियाँहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा देश निकालाका लागि पुनः हिरासतमा लिइएको छ । उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लागाइने छ ।
पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।