आफूमाथि गरिएको विश्वासलाई असर पर्न दिन्न



काठमाडौँ । न्याय परिषद सदस्यका लागि सिफारिस गरिएका लक्ष्मीबहादुर खड्का निरालाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिमा आइतबार भएको सुनुवाईपछि समितिले निरालाको नाम अनुमोदन गरेको हो । राजाको प्रत्यक्ष शासनकालका बेला महान्यायाधिवक्ता रहेका उनलाई सरकारले पुस ३ गते न्याय परिषदमा सरकारका प्रतिनिधिका रुपमा सिफारिस गरेको थियो ।

सुनुवाईका क्रममा निरालाले २०६२–६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरुलाई दोषी भने पनि आफूलाई निर्दोष भनेको बताए । निरालाले आफूमाथि प्रश्न उठेकै दिन परिषदबाट बाहिरिने भन्दै गन्हाएर ननिस्कने बताए ।

संसदीय सुनुवाइका क्रममा निरालाले ५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको भन्दै न्याय परिषद्मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताए । उनले भने, ’जीवनको उत्तराद्र्धमा म त्यहाँ गएर यताउता गर्नुपर्ने केही छैन।’

न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफु निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाएका थिए । जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै निरालाले आफुमाथि गरिएको विश्वासलाई असर पर्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।