ज्यान मार्ने उद्योगमा कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट विजयी सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुरेशविक्रम शाहले सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिए । प्रहरीले सांसद शाहलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अदालतसँग अनुमति मागेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदमा उमेदवारी दिएका श्याम मिश्राले सांसद शाहले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए ।

उनीमाथि गत पुस ५ गते कृष्णनगरस्थित सांसद शाहको घरमा कुटपिट भएको थियो । मिश्राले दर्ता गरेको उजुरीमा सांसद शाह र उनका सवारी चालक सोनु कहारले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको दाबी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले