एमसीसीलाई संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालकै अधिकारः चिनियाँ राजदूत



काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको संसदबाट अनुमोदन गर्ने नगर्ने कुरा नेपालको भएको बताएकी छन् ।

शुक्रबार काठमाडौंस्थित दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालले अन्य मुलुकबाट पनि आर्थिक विकासका लागि सहयोग लिन सक्ने उल्लेख गर्दै एमसीसीलाई संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालकै अधिकार भएको बताइन् ।

उनले भनिन्, ’यो नेपालकै अधिकारको कुरा हो, कुनै एउटा देशसँग मात्रै सहयोग लिएर नेपाललाई पुग्दैन ।’ पत्रकार सम्मेलनमा उनले टु प्लस वान (चीन–भारत प्लस नेपाल) भनेको त्रिदेशीय नै रहेको र सबैको समान हैसियत हुने बताइन् ।

पत्रकार सम्मेलनमा राजदुत होउले यो अवधारणा कसैलाई ‘डिक्टेट’ नगर्न भएको दाबी गरिन् । नेपालमा केही समयअघि अपराधको आरोपमा समातिएका चिनियाँहरूबारे चीनले नेपाल सरकारलाई सुचना दिएको बताइन्।

गलत काम गर्ने चिनियाँ नागरिकलाई आफ्नो मुलुकले कतै पनि संरक्षण नगर्ने र राम्रो काम गर्नेलाई सधै संरक्षण गर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट लमजुङमा ७० वर्षीया वृद्धाको मृत्यु

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा

राजावादीको आन्दोलन र ओलीको निर्देशन

-ऋषि कट्टेल । कथित राजावादीको आन्दोलन र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले

बुटवलको कालिकानगरमा एकै परिवारका तीन जनाको हत्या, एकजना पक्राउ

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र

बलात्कारको अभियोगमा पर्सामा दुई जना पक्राउ

वीरगञ्ज (पर्सा) । बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर