वर्षापछि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा भारी हिमपात



काठमाडौं । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षापछि रानीमत्ता लेकमा हिमपात भएको छ । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको छ ।

जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपामा अनिलकेशरी शाह र सुमनाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा

बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेता छलफलमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छलफलमा जुटेका छन् ।

महरालाई जेल पुर्याउने रोशनी शाही मृत फेला

काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जेल पुर्याउने रोशनी शाही मृत फेला परेकी

रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुने घटनाका संलग्न भएको आरोपमा  जिल्ला अदालत