एक किलो सुनसहित विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ



काठमाडौं । भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नागरिकलाई बिहीबार दिउँसो प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्राए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ ।

सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उनले जानकारी दिए । सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ । विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेइजिङमा पूर्वराष्ट्रपति भण्डारी राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने चीन भ्रमणका क्रममा

‘कर्मचारीले गरेको गल्तीमा गृहमन्त्रीलाई मुछ्नु अनावश्यक’

काठमाडौँ । सत्तारुढ कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री

रास्वपामा अनिलकेशरी शाह र सुमनाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा

बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेता छलफलमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छलफलमा जुटेका छन् ।