बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७, कालडाँडा भिरबाट कर्णाली नदीमा खसेर जिप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिप कर्णाली नदीमा खसेकाले भेटिएको छैन । प्रहरीका अनुसार जिपमा कति यात्रु थिए भन्ने थाहा हुन सकेको छैन ।

प्रतिक्रिया