बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम



काठमाडौं । आन्दोलनरत उखु किसानहरुले बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो ।

तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत रहने बताएका छन् । यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् ।

किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् । बुधबार उद्योग मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी दिन बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही

ज्ञानेन्द्र शाहीको प्रश्नः नाम्खाका बाढीपीडितको उद्धार गर्न हेलिकप्टरमा खिया लाग्यो कि, सरकारको कानमा ढुसी ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र