बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम



काठमाडौं । आन्दोलनरत उखु किसानहरुले बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो ।

तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत रहने बताएका छन् । यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् ।

किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् । बुधबार उद्योग मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी दिन बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका सञ्चालक र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी रोक्का राख्ने सरकारको घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी

प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब बजेट

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ दिने

भूमिसम्बन्धी कानुन संसोधनगरी ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौं । सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । बिहीबार

प्रतिव्यक्ति आय १४९६ अमेरिकी डलर पुग्ने अनुमान

काठमाडौं । सरकारले आगामी चालु आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण