हत्या अभियोगमा सिन्धुलीमा १५ वर्षीय किशोरलाई जन्मकैदको सजाय



सिन्धुली। सिन्धुलीमा १५ वर्षीय किशोरलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका किशोरलाई जन्मकैदको फैसला गरेको हो ।

अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न किशोरलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि उनले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।

किशोर १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका