सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान



सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको जानकारी दिए । विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताए ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो । यसैबीच, विप्लव समूहले हिजोराति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट